चितवन, जेठ १२- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान समीकरण तोड्न अनेक प्रयास भइरहेको बताएका छन् । नेकपा एमालेको ११ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पाध्यक्ष पौडेलले वर्तमान समीकरण तोड्न अनेक प्रयास भइरहेको बताएका हुन् ।
उपाध्यक्ष पौडेलले वर्तमान समीकरण तोड्न अनेक प्रयास भइरहेको बताए । तर यो समीकरणलाई तोड्न नदिइने उनले बताए ।उनले कांग्रेसको नसिबमा २०८४ सालसम्मै प्रतिपक्षमा बस्न लेखिएको बताएका छन् । ‘कांग्रेस सधै सत्तामा रहँदा निर्वाचनमा गएको छ । एमाले सधैं प्रतिपक्षमा रहँदा निर्वाचनमा गएको छ । यसपालि कांग्रेसको नसिबमा ०८४ साल सम्मै प्रतिपक्षमा बस्न लेखिएको छ,’ उनले भने, ‘यो गठबन्धन चुनावसम्मै जान्छ ।’
‘गठबन्धन सरकारसँग डराएर कांग्रेस छटपटिएको र बेचैनी बढेको छ । संसदमा अलोकतन्त्रको हद देखायो । कुनै मर्यदा राखेन, सत्ता पक्षको ठाउँमा आएक हुलहुज्जत गर्यो,’ उनले भने, ‘कांग्रेसलाई कमजोर नपारी देशमा लोकतन्त्र बलियो हुँदैन । आगामी चुनावमा जसरी पनि परास्त पार्छौं ।’
पौडेलले सहकारी संस्थाको ठगीको बारेमा छानबिन समिति बनाउने सहमतीबाट पनि कांग्रेस नै पछाडि हटिरहेको दाबी गरे ।