काठमाडौं, जेठ ९- नेपाली कांग्रेसले १३ गते आइतबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।
बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले १३ गते २ बजे काठमाडौँ जिल्ला समितिको संयोजनमा विशेष प्रदर्शन गर्ने निर्णय गरेको हो ।
सरकारले सहकारीमा अर्बौँ रुपैयाँ दुरुपयोग भएको बारेमा छानबिन गर्न आनाकानी गरेको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।