काठमाडौं, जेठ ४- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग साँझ ६ बजे गर्ने भनिएकाे छलफल स्थगित भएको छ ।
प्रधानमन्त्रीको समयअभावका कारण आजको बैठक स्थगित भएको बताइएको छ ।
बैठक भोलि शनिबार बिहान ८ बजे बालुवाटारमा बस्ने बताइएको छ ।
संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले कांग्रेस नेताहरुलाई साँझ ६ बजे छलफलमा बोलाएका थिए ।