Skip

Hamro Sanchar

डीभीको नतिजा आज, यसरी हेर्नुहोस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २२ गते


काठमाडौं, वैशाख २२- अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आउने भएको छ ।

शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो ।

आज राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ ।

यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।


प्रतिकृया दिनुहोस्