Hamro Sanchar

एक सय रुपैयाँको नोटको डिजाइन नै परिवर्तन हुने, अग्र भागमा चुच्चे नक्सा राखिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २१ गते


Advertisement

काठमाडौँ, बैशाख २१- सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

एक सय रुपैयाँ दरको नोटको अग्र भागमा रहने गरेको नेपालको नक्साको स्थानमा नेपालको नयाँ नक्सा राखेर नोटको डिजाइन परिवर्तन गर्ने निर्णय भएको बताएकी हुन् । अब सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा अर्थात् चुच्चे नक्सा राखिने छ ।

सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ सार्वजनिक गरेको थियो ।

 


प्रतिकृया दिनुहोस्