काठमाडौं, वैशाख २०- नेपाल लेयर कुखुरापालक संघले अन्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ । संघको बुधबार बसेको भर्चुअल बैठकले बिहीबारदेखि लागू हुने गरी नयाँ समर्थन मूल्य तोकको हो ।
नयाँ मूल्य पहिलेभन्दा घटेको छ । नयाँ मूल्य अनुसार मिडियम साइजको अन्डा प्रतिक्रेट ३३० रुपैयाँ पर्नेछ । यस्तै ठूलो अन्डा प्रतिक्रेट ३७५ रुपैयाँ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ३९५ रुपैयाँ पर्ने संघले जनाएको छ ।