काठमाडौं, चैत २५- सरकारको मन्त्रिपरिषद बैठकले १५ वटा निर्णय गरेको छ ।
गत बिहीबार बसेको बैठकले गरेका १५ वटा निर्णय सार्वजनिक भएका हुन् । उक्त निर्णयहरू आइतबार सार्वजनिक भएका हुन् ।
अर्थ मन्त्रालयले संघीय संसद सचिवालयमा दर्ता भएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति पाएको छ ।
रेसिलियन्ट हाइ भ्यालु एग्रिकल्चर प्रोग्राम कार्यान्वयनको लागि अन्तर्राष्ट्रिय कृषि विकास कोषबाट करिब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न तयारी अघि बढाएको छ । त्यसको लागि अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको छ ।
श्रम अदालतको मुकाम काठमाडौंमा रहने गरी तोकिएकोमा त्यसको सट्टामा उक्त अदालतको मुकाम काठमाडौं उपत्यका रहने गरी तोक्ने पनि निर्णय गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरो र केनाइन कार्यालयमा प्राविधिक प्रहरी समूह तर्फको प्रहरी नायब महानिरीक्षक (डिआइजी) विशेष पद सिर्जना गर्ने निर्णय भएको छ । उनीहरूको कार्यकाल समाप्त भएपछि उक्त पद स्वत: खारेज हुने व्यवस्था गरिएको छ ।
हेर्नुस् निर्णयहरू: -12.22-1712496482