Skip

Hamro Sanchar

कागेश्वरी मनोहराकी सरस्वती नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको आरोपमा पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० माघ, १७ गते


काठमाडौं, माघ १७- अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको आरोपमा महिला पक्राउ गरेकी छन् ।

कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई काठमाडौं महानगरपालिका–२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाईसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्यलाई चेक दिइ दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीउपर बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्