Hamro Sanchar

नेपाल डोरीतान संघ, गण्डकी प्रदेश कमिटी गठन

सुदिप बर्देवा प्रकाशित : २०८० माघ, १६ गते


Advertisement

काठमाडौं, माघ १६- नेपाल डोरीतान संघले गण्डकी प्रदेश तदर्थ कमिटी गठन गरेको छ । संघले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा रामचन्द्र तिमल्सिनालाई चयन गरेको छ । सचिवमा संजय जैशी छन् ।

कास्कीको पोखरामा मंगलबार एक कार्यक्रम आयोजना गरी अध्यक्ष तिमल्सिनाको अध्यक्षतामा सात सदस्यीय गण्डकी प्रदेश तदर्थ कमिटी गठन गरेको नेपाल डोरीतान संघका केन्द्रीय महासचिव विमल पौडेलले हाम्रोसंचारलाई जानकारी दिए ।

गण्डकी प्रदेश तदर्थ कमिटी अध्यक्ष रामचन्द्र तिमल्सिनाको कमिटीले आगामी तीन महिना भित्र अधिवेशन गर्ने छ ।

 

यो पनि पढ्नुहोस्

नेपाल डोरीतान संघले कोशी प्रदेशको विराटनगरमा दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता गर्ने भएको छ । नेपाल डोरीतान संघले माघ २६ र २७ गते विराटनगर सहिद रंगशालामा प्रतियोगिता गर्न लागेको हो ।

परापूर्वकालबाट खेल्दै आएको डोरी तान खेललाई पुनर्जीवित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संघका महासचिव बिमल पौडेलले जानकारी दिए । प्रतियोगिताबाट खेलप्रति लगाव भएका खेलाडीहरुलाई प्रतियोगितामा सहभागी गराई मनोबल बढाउने लक्ष्य राखिएको पौडेलले बताए ।

प्रतियोगिताअन्तर्गत माघ २६ गते टिमहरुको आगमन, तौल लिने र टिममिटिङ, २७ गते खेल सञ्चालन हुने संघमा महासचिव पौडेलले सुनाए। प्रतियोगिताका खेलहरु लिग कम नकआउटका आधारमा खेलाइनेछ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग खेलाइने पौडेलले बताए । लिगका खेलपछी समूहको शीर्ष स्थानमा रहने २–२ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि बेष्ट अफ थ्रिमा नकआउट खेलाइने छ ।

प्रतियोगिताको विजेतालाई १ लाख र उपविजेतालाई ५० सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ७ प्रदेशसहित ३ विभागीयले सहभागिता जनाउने आयोजकले जनाएको छ । एक टिममा ८ जना खेलाडी र बैकल्पिक खेलाडी, कोच र मेनेजर १–१ जना हुनुपर्नेछ । खेल्ने ८ खेलाडीको सामूहिक तौल ६ सय भन्दा धेरै हुन पाइने छैन ।

प्रतियोगिता गर्न संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट मान्यता पाइसकेको छ ।


प्रतिकृया दिनुहोस्