काठमाडौँ, मंसिर २९- काठमाडौँ महानगरपालिका वडा नम्बर ६, महांकालमा रहेको जनकल्याण माध्यामिक विद्यालयको मुलगेटमा सार्वजनिक शौचालय बन्न लागेपछि चौतर्फी बिरोध भएको छ । जनकल्याणको प्रवेशद्धारमा शौचालय निर्माण हुदा बिद्यालयमा दुर्गन्ध फैलिने भन्दै बिरोध भएको हो।
यो बिद्यालयसंगै महांकाल ज्ञात अज्ञात सहिद स्मृति उधान पार्क छ । यहि पार्कको लागि शौचालय निर्माण गर्न लागिएको हो । यसरी विद्यालयको गेटमा सार्वजनिक शौचालय बनाउदा बिद्यालयमा दुर्गन्ध फैलिने भन्दै विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले बिरोध गरेका हुन्। शौचालय निर्माणका लागि जग हाल्न सुरु भईसकेको छ ।
विद्यालयले काठमाडौँ महानगरपालिका र वडा कार्यालयमा यस बारे जानकारी लिँदा हालसम्म कुनैपनि जानकारी नभएको र नक्सा पास बिना शौचालय निर्माण हुन लागेको विद्यालयका सहायक प्रधानाध्यापक सुरेश कुमार कटुवालले हाम्रोसंचार डटकमलाई जानाकारी दिए ।
उनले भने, नक्सा पास पनि छैन, सरोकारवाला पक्षसँग कुनै किसिमको छलफल छैन, वडा , बिद्यालय तथा स्थानीय सरोकार वाला सग समन्वय नगरी एकलौटी रुपमा शौचालय निर्माण गर्ने भन्दै विद्यालयको मुलगेटमा डोजर चलाउन यीनलाई कसले अधिकार दियो ? हामी यसको धोर बिरोध गर्छौं । त्यसमाथि यो पार्क समितिको बैधता छैन, यो समिति निष्क्रिय भएको लामो समय भईसक्यो, के वैधताले यो समितिले यसरी मापदण्ड विपरीत काम गर्न खोज्दै छ ?”
उनले थपे, ” विद्यार्थी मैत्री वातावरण बिग्रन्छ भन्ने कुरालाई ध्यान नदिइ, दिपङ्गर बुद्धको मुर्ती छेउमा बनाउदा बाहिर कस्तो सन्देश जान्छ भन्ने पनि ख्याल गरिएको छैन, हामी यहि अवस्थामा कुनै पनि हालतमा शौचालय बन्न दिदैनौ ।
यो बिषयमा विद्स्रोयालय व्यबस्थापन समितिले पनि बिरोध जनाएको छ ।
विद्यालय प्रवेशद्वार तथा सडकतिर फर्काउने हो भने हाम्रो घोर आपत्ति छ, उनले भने, शौचालय वातावरण मैत्री छैन । शौचालय निर्माण गर्दा वडा, स्थानीयवासी, विद्यालय तथा अन्य सरोकारवाला लगायतसंग समन्वय नगरिएको उनको आरोप छ ।
बौद्ध क्षेत्रविकास समितिको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको उक्त शौचालय निर्माण प्रति विद्यार्थी र अभिभावकको समेत गुनासो छ । एक अभिभावकले बागमती पेजसँग भने, सामुदायिक विद्यालय भनेर हेपेर ढोका अडाडी शौचालय निर्माण गर्न लागिएको हो । यसको निर्माण प्रति हामीलाई नराम्रो अनुभुति भयो । शैक्षिक संस्थामा यस्तो काम गर्नु पाप हो । हामी पुर्ण रुपमा यसको विरोध गर्छौ ।
शैक्षिक गुणस्तर तथा विद्यार्थी सङ्ख्याका आधारमा काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयमध्ये तेस्रो स्थानमा पर्न सफल जनकल्याण माविमा हाल दुई हजार पाँच सय विद्यार्थी छन् । तर विद्यार्थी प्रवेशद्वारमै मापदण्ड विपरीत भाडामा लगाउने उद्देश्यले शौचालय निर्माण गर्न थालेपछि चर्को बिरोध भएको हो ।