आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कागेश्वरी मनोहराको पिपलबोटमा सांस्कृतिक कार्यक्रम हुँदै, यी तीन कलाकारको हुनेछ बेजोड प्रस्तुती

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, २३ गते


Advertisement

काठमाडौं, कात्तिक २३- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मुलपानीमा शनिबार सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

नेपाली हिन्दु धर्मालम्बीहरुको दोश्रो ठुलो पर्व शुभदीपावलीको अवसरमा हुन लागेको उक्त कार्यक्रममा लोक दोहोरी गायक नवराज घोरासैनी, लोक दोहोरी गायिका कल्पना दाहाल र नेपाली सुगम संगीतका लोकप्रिय गायक शिव परियारको बेजोड प्रस्तुति रहने छ ।

पिपलबोट युथको आयोजना तथा नगरपालिकाको बिशेष सहयोगमा मुलपानीको पिपलबोटमा उक्त कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा स्थानीय कलाकार लाइभ प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस्