Hamro Sanchar

नेपाल राष्ट्र बैंकले पौने १९ को ट्रेजरी बिल नवीकरण गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, ७ गते


Advertisement

काठमाडौं, असोज ७- नेपाल राष्ट्र बैंकले करिब पौने १९ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।

राष्ट्र बैंकले १८ अर्ब ७१ करोड रुपैयाँको ट्रेजरी बिल नविकरण गर्न लागेको हो । राष्ट्र बैंकले असोज ९ गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिल नवीकरण गर्ने भएको हो ।

राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि १० अर्ब ११ करोड २५ लाख रुपैयाँ र १८२ दिनका लागि ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः कात्तिक ७ गते, पुस १० गते र चैत १३ गते परिपक्व हुनेछन् ।

यी ट्रेजरी बिलको भोलि सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।


प्रतिकृया दिनुहोस्