आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

स्वास्थ्य मन्त्री बस्नेतको प्रतिबद्धता : कान्ति बाल अस्पताल प्रकरणमा दोषीमाथि कारबाही हुन्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, २४ गते


Advertisement

काठमाडौँ, भदौ २४- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणमा दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाएका छन् । इजिप्टमा आयोजित कार्यक्रममा सहभागी भएर आइतबार नेपाल फर्किएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुरा गर्दै सो कुरा बताएका हुन् ।

गत सोमबार मकवानपुर थाहा नगरपालिका १० घर भई हाल काठमाडौँको बाफल बस्ने पाँच वर्षीय रेजिशा गोपालीको समयमा उपचार नपाउँदा अस्पतालमा मृत्यु भएको आफन्तले बताएका छन् । मन्त्री बस्नेतले भने– ‘यस घटनाबारे म बाहिर हुँदा पनि चासोका साथ हेरेको छु । समयमा उपचार नपाएर बालिकाको मृत्युमा भएको भन्ने छ । मैले इजिप्टबाट नै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ । जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ । मैले कारबाही नै गर्नुपर्छ भनेको छु ।’

बालिका मृत्यु प्रकरणको छानबिन गर्न कान्ति बाल अस्पतालले समिति गठन गरिसकेको छ । सो घटनाको सत्यतथ्य छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएको छ ।


प्रतिकृया दिनुहोस्