आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, १० गते


Advertisement

काठमाडौं, साउन १० कान्तिपुर टेलिभिजनले ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द गरेको छ ।

सन्दीप क्षेत्रीले सञ्चालन गरेको उक्त कार्यक्रम विवादमा आएपछि टेलिभिजनले ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द गर्ने निर्णय लिएको हो ।
कलाकार पल शाहलाई आफ्नो शोमा बोलाएर क्षेत्रीले बलात्कारलाई मजाकको विषय बनाएको आरोप लागेको छ ।

गत असार २३ गते प्रसारण भएको शोमा छनोट गरिएका पत्रसँगको संवाद संस्थाको सम्पादकीय नीति विपरीत रहेको टेलिभिजनले जनाएको छ । टेलिभिजनले महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमका उत्पादन र प्रसारण बन्द गरिएको जानकारी गराएको छ ।

 


प्रतिकृया दिनुहोस्