आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काँचो केरा खानुका फाइदाहरु यस्ता छन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ५ गते


Advertisement

काठमाडौं, साउन ५- स्वास्थका लागि एक दमै लाभदायक मानिने फलफूल मध्य केरा पनि एक हो । पाकेको केरा भन्दा काँचो केरा खाँदा अझै स्वास्थलाई फाइदा हुन्छ । के–के हुन् यसका फाइदाहरु आज तपाईलाई हामी जानकारी दिनेछौँ ।

काँचो केरा खानुका फाइदाहरुः  

१. आधुनिक जीवनशैलीको कारण मानिसहरुको तौल बढ्दै गएको पाइन्छ । त्यसैले दैनिक एउटा काँचो केरा खानाले तौल घटाउन मद्दत गर्दछ ।
२. काँचो केरामा पाइने फाइबरले अनावश्यक मोटोपन, फ्याट सेल र शरीरभित्र रहेको फोहोरलाई सफा गर्ने काम गर्दछ ।
३. काँचो केरामा पाइने फाइबर र स्वस्थ स्टार्च नामक तत्वले आन्द्रामा उत्पन्न हुने जुनसुकै अशुद्ध पदार्थलाई सफा गर्ने भएकोले कब्जियत भएको व्यक्तिहरुलाई निकै फाइदा दिने गर्दछ ।
४. दैनिक एउटा काँचो केराको नियमित सेवन गर्नाले पाचन क्रियामा सुधार ल्याउन मद्दत गर्दछ । यसले हाम्रो मेटाबोलिजम बढाउन र शरीरमा स्फुर्ती बढाउन मद्दत गर्दछ ।
५. यसमा पाइने पोटासियमले रक्तचाप घटाउन र मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ ।
६. काँचो केरामा क्याल्सियम पाइनेहुनाले हड्डि बलियो बनाउन मद्दत गर्दछ ।
७. काँचो केरामा पाइने फाइबर र अन्य पौष्टिक तत्वले भोक लाग्न कम गर्न मद्दत गर्दछ ।
८. काँचो केरा क्यानसर भएका बिरामीका लागि धेरै फाइदा दिने गर्दछ । यसले धेरै प्रकारका क्यानसरबाट बचाउँन मद्दत गर्दछ ।
९. काँचो केरामा पाइने फाइबरले कोलेस्टेरोललाई नियन्त्रणमा राख्न मद्दत गर्दछ ।
१०. काँचो केराको प्रयोगले मधुमेह रोगलाई पनि फाइदा दिने गर्दछ ।


प्रतिकृया दिनुहोस्