Hamro Sanchar

१४ दिने शिशुको हत्‍या आरोपमा बुवा पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, २४ गते


काठमाडौं, जेठ २४- बारामा शिशुको हत्या गरी फरार रहेका आरोपित बुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा देवताल गाउँपालिका-४ तिप्रडी टोल बस्ने २५ वर्षीय नुर आलम अन्सारी रहेका छन् ।

अन्सारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ ढुंगेअड्डा पिपलबोटबाट मंगलबार साँझ साढे ५ बजे  पक्राउ गरेको प्रवक्ता एवं एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनले जेठ १४ गते बेलुका आफ्नै १४ दिनको छोराको हत्या गरेको आरोप छ ।

उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बाराबाट पत्राचार भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले उनलाई बारा पठाएको छ ।


प्रतिकृया दिनुहोस्