काठमाडौं, जेठ १९- बदनियत पूर्वक कर छुट दिएर राज्यलाई आर्थिक नोक्सानी भएको आरोपमा मुद्दा खेपेका आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणी शर्मालाई विशेष अदालतले दोषी ठहर गरेको छ ।
बिहीबार विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो । यद्यपि जेठ २५ गतेमात्र सजाय निर्धारणका लागि छलफल हुने भएको छ ।
एक करोडभन्दा बढी बिगो भएको मुद्दामा ८ देखि १० वर्ष कैद सजाय हुने कानुनी प्रावधान छ । सोही अनुसार शर्मालाई कम्तीमा देखिएको छ ।
गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको सम्बन्धमा भने शर्माले सफाइ पाएका छन् । गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै उनीसहित उनकी पत्नीलाई पनि विपक्षी बनाइ मुद्दा दायर भएको थियो ।