बुटवल, जेठ १५- बाबुले हँसिया प्रहार गर्दा लागेर छोराको नाकमा गम्भीर चोट लागेको छ।
गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले हँसिया प्रहार गर्दा ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाकमा चोट लागेको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शनिबार राती करिब १ बजेतिर घरायसी बिबादका क्रममा दिलबहादुरले हँसिया प्रहार गर्दा छोरा बाबुरामको नाकमा चोट लागेको छ।