Hamro Sanchar

काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातको भाडा घट्यो, कहाँसम्मको कति ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १२ गते


Advertisement

काठमाडौं, जेठ १२- काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातको भाडादर घटेको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबारदेखि लागू हुनेगरी काठमाडौँ उपत्यकामा नयाँ भाडादर लागू गरेको हो । जसअनुसार ५ किलोमिटरसम्मको भाडादर १९ रुपैयाँ कायम भएको छ । यसअघि ५ किलोमिटरसम्मको भाडादर २० रुपैयाँ थियो ।

यसैगरी १० किलोमिटरसम्मको २५ रुपैयाँ, १५ किलोमिटरसम्मको ३० रुपैयाँ र २० किलोमिटरसम्मको ३३ रुपैयाँ कायम भएको मन्त्रालयले राजपत्रमा जारी गरेको सूचनामा उल्लेख छ । यस्तै उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा चार दशमलव १८ प्रतिशत र मालवाहक सवारीसाधनमा पाँच दशमलव ६९ प्रतिशतले भाडा घटाइएको छ ।

यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडी भाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए । नेपाल आयल निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो । लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो । लामो दूरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ ।

कहाँसम्मको कति ? 

प्रदेश_भित्रका_सार्वजनिक_सवारी_साधनको_भाडा_निर्धारण_समायोजन_सम्बन्धी_सूचना(1)


प्रतिकृया दिनुहोस्