काठमाडौं, बैशाख ३०- काठमाडौं कागेश्वरी मनोहरा वडा नम्बर-६ मुलपानीको बाबाचोकमा रहेको विद्या आर्जन स्कुलले शैक्षिक सत्र २०८० का लागि विभिन्न कक्षामा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत (वेलकम प्रोग्राम) गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीले शुक्रबार एक कार्यक्रमको आयोजना गरि नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेका हुन् ।
विद्यालयमा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतीका साथ नयाँ विद्यार्थीको परिचयात्मकसहित स्वागत गरिएको थियो । कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई उपहार वितरण गरिएको थियो ।
विद्यार्थीहरुले वाद्यवादन बजाउनेदेखि गायन, नृत्य, कविता तथा नाटक प्रस्तुत गरेर भरपुर मनोरञ्जन दिलाएका थिए । विद्यार्थीहरुको जोडदार प्रस्तुती देखेर नवआगन्तुक विद्यार्थीहरु हौसिएका थिए भने अतिथिहरुले प्रतिभाको प्रशंसा गरे ।
करिब १५० जना नयाँ विद्यार्थीले आफ्नो परिचयसहित कार्यक्रममा सहभागिता जनाएका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश दाहालको अध्यक्षतामा संचालित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक घनेन्द्र भट्टराईले स्वागत मन्तव्य दिएका थिए भने वडाका वडासदस्य विकश केसी प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि केसीले शुभकामना मन्तव्य दिएका थिए । केसीले विद्या आर्जन स्कुलको बाहिर हुने प्रशंसालाई परीक्षाको नतिजा र विद्यार्थीको चौतर्फी क्षमताले पुष्टि गरेको बताए ।
स्वागत मन्तव्यसँगै प्रधानाध्यापक भट्टराईले विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभएर नवीनतम् अनुसन्धान र खोजलाई समेत सँगै अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
विद्यार्थीलाई देशकै सक्षम नागरिक बन्ने लक्ष्यका साथ अघि बढ्न सुझाव दिँदै त्यसका लागि विद्यालयले आवश्यक वातावरण तयार गरेको वि.व्य.स. अध्यक्ष दाहालले बताए ।
मुलपानी क्षेत्रका अधिकांश अभिभावकहरुको रोजाइमा रहेको विद्या आर्जन अंग्रेजी स्कुलले अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखेको बताएको छ ।