Skip

Hamro Sanchar

पुर्व लडाकूहरुलाई २-२ लाख रुपैयाँ बाड्ने निर्णय तत्काल खारेज गर्न एमालेको माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, १५ गते


काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले अन्मिनले अयोग्य प्रमाणीकरण गरेका लडाकूहरुलाई २-२ लाख रुपैयाँ बाड्ने निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।

प्रतिनिधिसभा बैठकको सुरुमा समय लिएर बोलेका एमाले प्रमुख सचेतक पदम गिरीले यसबारे सरकारको ध्यानाकर्षण गराएका छन् । आर्थिक संकटमा रहेकाले वृत्तभत्तादेखि प्रदेश र स्थानीय तहको समानीकरण अनुदान कटौती गरेको सरकारले ४,८०० बढी व्यक्तिलाई २ लाख रुपैयाँको दरले रकम बाँड्न लागेको उनले बताए ।

चालु आर्थिक वर्षमा १ अर्ब ४० करोड छुट्याए पनि शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न सरकार गम्भीर नभएको भन्दै उनले अघि भने, ‘सत्य निरुपण तथा मेलमिलापको काम थाति राखिएको छ, त्यतितिर चिन्ता छैन । तर देशबाट पैसा निकालेर धमाधम कार्यकर्तालाई पैसा बाँडिँदैछ ।’

अन्मिनले पुनः प्रमाणीकरण गर्दा २ हजार ४५१ जना को थिए भन्ने यकिन नभएको र तीनको नाममा ९५ करोड रुपैयाँ माओवादी नेतृत्वले लगेको भन्दै उनले भने, ‘त्यो पैसा कहाँ गयो रु’एमाले प्रमुख सचेतक गिरीले शान्ति प्रक्रिया पूरा गर्न ध्यान नदिने, तर राज्य कोषबाट दोहन गर्ने काम स्वीकार्य नहुने बताए ।


प्रतिकृया दिनुहोस्