Skip

Hamro Sanchar

नेपालका पदमले यूएईमा जिते ७१ करोड ७७ लाख रुपैयाँको चिठ्ठा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, ७ गते


काठमाडौं, बैशाख ७- संयुक्त अरब इमिरेट्स यूएईमा एक नेपालीलाई ७१ करोड ७७ लाख रुपैयाँ बराबरको चिठ्ठा परेको छ । ठेगाना र थर नखुलाइएका पदम नामका नेपालीलाई महजुज राफल ड्रमार्फत २ करोड यूएई दिराम बराबरको चिट्ठा परेको हो । जसको नेपाली रुपैयाँ ७१ करोड ७७ लाख ८२ हजार ४९६ हुन्छ ।

२ वर्षअघिदेखि हरेक साता हुँदै आएको महजुज लक्की ड्रको १२४ औं संस्करणको मुख्य चिट्ठा पदमलाई परेको यूएईका अनलाइनले जनाएका छन् । चिठ्ठा पर्ने पदम २३ वर्षदेखि यूएईमा एउटै कम्पनीमा गाडी चलाउँदै आएका थिए ।

र उनले मासिक ५ हजार ७०० दिराम अर्थात् २ लाख ५ हजार रुपैयाँ तलब पाउने गरेका थिए । महजुज राफल सुरुभए यता आफूले नियमित रुपमा चिठ्ठा किन्ने गरेको र यसअघि एक पटक ३५ र एक पटक ३५० दिराम चिठ्ठा परेको उनले बताए ।

श्रीमती र छोरीसँग सोधेर उनीहरुले भनेको अंकको चिठ्ठा किन्ने गरेको बताउने पदमले ७१ करोडको चिठ्ठा परेको जानकारी गराउँदा उनकी श्रीमतीले ठट्टा गरेको सम्झिइन् ।

‘मैले चिठ्ठा जितेको जानकारी गराउँदा श्रीमतीले ठट्टा गरेको भन्ठानिन्’ पदमले यूएईको खालिजा टाइम्ससँग भनेका छन्, ‘जब मैले सबै विवरण र प्रमाण दिएँ, त्यसपछि उनी निक्कै खुसी भइन् ।’


प्रतिकृया दिनुहोस्