काठमाडौं । सुनको मूल्य फेरि उकालो लागेको छ। आज सुनको भाउ ५ सय रुपैयाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन ५ सय रुपैयाँले बढेर तोलाको १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन १ लाख ८ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन १ हजारले घटेर तोलाको १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
मंगलबार चाँदी १ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो।