हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, ४ गते
काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको १० बजेर ५७ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले बतायो ।
काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ । सो क्रममा पोखरेलले केहीबेरअघिमात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन कार्यतालिका अनुसार, मतदान भोलि हुँदैछ । पोखरेलसँग अध्यक्षमा केपी शर्मा ओलीले प्रतिस्पर्धा गर्दैछन्...
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले ११ औँ महाधिवेशनमा उपमहासचिव पदमा उम्मदवारी दिने बताएका छन्। अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा केन्द्रीय सदस्यमा मात्रै परेपछि उनले त्यसमा असन्तुष्टि जनाएका हुन्। उनी सचिव पदका दाबेदार थिए। ओलीले कोसी प्रदेशबाट हिक्मत कार्की र भानुभक्त ढकालालई सचिवको उम्मेदवार बनाउँदा आफूलाई केन्द्रीय...
काठमाडौं । नेकपा एमालेका नेता लेखराज भट्ट उपमहासचिव पदमा लड्ने भएका छन्। ११ औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ताको कार्यक्रम छ। उनलाई अध्यक्ष केपी शर्मा ओली पक्षले आफ्नो समूहमा सचिवमा उम्मेदवारी टुंगो लगाएको थियो। तर उनले सचिव पदमा नउठ्ने अडान लिए। त्यसपछि लेखराज उपमहासचिव पदमा उठ्ने सहमति भएको छ। उपमहासचिव पदमा...