हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, ४ गते
काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको १० बजेर ५७ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले बतायो ।
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन्। एनपीएलको फाइलनमा लुम्बिनीलाई उपाधि जिताउँदै उनी सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका हुन्। सर्वोत्कृष्ट नेपाली खेलाडी भएसँगै उनले कार पुरस्कार पाएका छन्। सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा रोहित तीन विकेट लिएका थिए। उनको एनपीएलमा नौ विकेट...
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ। योसँगै फाइनलमा हार व्यहोरेको सुदूरपश्चिम रोयल्स भने लगातार फाइनल पुगेर पनि उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले सबै विकेट गुमाएर ८५ रन मात्र जोडेको थियो। जवाफी ब्याटिङ गरेको लुम्बिनीले...
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा नेपाली विशेषताको समाजवाद ल्याउनुपर्ने बताएका छन् । आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेकपाको ‘एकता सन्देश सभा’ लाई सम्बोधन गर्दै नेता खनालले देशलाई समाजवादतर्फ लैजानु नै अबको मुख्य विकल्प रहेको बताएका हुन् । सम्बोधनका क्रममा नेता खनालले मुलुकमा विदेशीहरूको हस्तक्षेप बढेको...