काठमाडौं । सरकारका कानुनी सल्लाहकार खम्मबहादुर खातीले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका छन्। महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गरेका हुन्। राजीनामा बुझाएसँगै महान्यायाधिवक्ता कार्यालयले उनलाई बिदाइ गरेको छ।
प्रधानमन्त्रीको कानुनी सल्लाहकारका रूपमा उनी २०७८ साउन १ गतेदेखि नियुक्त भएका थिए । कांग्रेस सभापति शेरबहादुर प्रधानमन्त्री बनेपछि उनी महान्यायाधीवक्ता नियुक्त भएका थिए । देउवाको बहिर्गमनसँग उनको राजीनामा आएको हो। प्रधानमन्त्री परिवर्तन भएपछि महान्यायाधीवक्ताले राजीनामा दिने प्रचलन छ।