Hamro Sanchar

ज्येष्ठ सदस्य राणाले बोलाए सर्वदलीय बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ६ गते


Advertisement

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सर्वदलीय बैठक बोलाएका छन् । राष्ट्रपतिसँग पद तथा गोपनियताको शपथ लिएलगत्तै संघीय संसद्‍को सचिवालय पुगेका राणाले भोलि ११ बजेका लागि बैठक बोलाएका हुन् ।

भोलि ‍१२ बजे संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिलाई सर्वदलीय बैठकमा बोलाइएको संसद् सचिवालयले जनाएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधि र स्वतन्त्र सांसदलाई बोलाइएको सचिवालयले जानकारी दिएको छ ।
बैठक शंकर हलमा हुनेछ ।

बैठकपछि ज्येष्ठ सदस्य राणाले प्रतिनिधि सभाका निर्वाचित सांसदहरूलाई पद तथा गोपनियताको शपथ गराउनेछन्।


प्रतिकृया दिनुहोस्