Hamro Sanchar

कांग्रेस संसदीय दलको निर्वाचन : मतदान अझै सुरू हुन सकेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ६ गते


Advertisement

काठमाडौं, पुस ६- नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुँदैछ । बुधबार बिहान ८ बजेदेखि निर्वाचन सुरू हुने भनिएपनि अझै सुरू हुन सकेको छैन ।

पार्टीका प्रवक्ता डा. प्रकाश शरण महतका अनुसार निर्वाचनका प्रक्रियाहरू मिलाइ रहेका कारण मतदान ढिलाई हुन गएको हो ।

संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच कडा टक्कर हुने देखिएको छ । दुवै जनाले मंगलबार संसदीय दलको नेता बन्नका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

सभापति देउवाको प्रस्तावक रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का समर्थक रहेका छन् । यस्तै, महामन्त्री थापाको उम्मेदवारीमा नेता डा. शेखर कोइराला प्रस्तावक र उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले समर्थन गरेका छन् । संस्थापन ईतरले थापालाई सर्वसम्मत रुपमा अगाडि सारेको हो ।

निर्वाचन प्रचारकै क्रममा थापाले आफूले संसदीय दलको नेताका लागि प्रतिष्पर्धा गर्ने घोषणा गरेका थिए । इतर पक्षका नेता डा. कोइरालाको साथ पाएका थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेलले समेत साथ दिएपछि सम्भावना उच्च भएको छ ।

गगन थापा संसदीय दलको नेता चुनिएमा कांग्रेसमा नेतृत्वको पुस्तान्तरण हुने छ ।

 

 

 


प्रतिकृया दिनुहोस्