काठमाडौं । नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको औपचारिक प्रस्ताव गरेको छ । सत्ता गठबन्धन छोडेर आए प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले तयार भएको हो ।
आज बिहान एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रचण्डलाई भेटेर यस्तो प्रस्ताव गरेका हुन् । उनले प्रचण्डलाई प्रधानमन्त्री बनाएर वामपन्थी सरकार बनाउने र प्रदेशमा पनि सोही अनुसार भागवण्डा गर्ने प्रस्ताव प्रचण्डलाई सुनाएका छन् । नेम्वाङले राष्ट्रपति भने एमालेबाट हुनुपर्ने प्रचण्डलाई बताएको स्रोतले बताएको छ । नेम्वाङलाई प्रचण्डले के जवाफ दिए भन्ने चाहिँ खुलिसकेको छैन ।