काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रो रेलको विकल्प नरहेको बताएका छन् । शनिबार ललितपुर महानगरपालिकाको १०४औँ स्थापना दिवसका अवसरमा उनले यस्तो बताएका हुन् ।
उनले मेट्रो रेल धेरै महँगो छ भनेर पछाडि हट्न नहुने बताए । मोटरसाइकल थपेर उपत्यकामा ट्राफिक जाम बढाउनुभन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्नेमा उनले जोड दिए । मेट्रो रेलको विकल्प मोेटरसाइकल हुन नसक्ने उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय अध्ययनानुसार पनि ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य रहेको भन्दै उनले विलम्ब नगरी मेट्रोको आवश्यक तयारी गर्नुपर्ने बताए ।
उनले मेट्रो रेलका लागि संघ सरकारको अनुहार हेरेर कहिल्यै सम्भव नहुने भन्दै काठमाडौं र ललितपुर महानगरपालिकालगायत काठमाडौं उपत्यकाका १८ पालिकाको राम्रो भूमिका यसमा हुनुपर्ने बताए । विशेष गरी मेट्रो रेल सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले प्रमुख भूमिका खेल्नुपर्ने उनले उल्लेख गरे ।
“काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प छँदै छैन । मेट्रो चलाउनैपर्छ । आज निर्णय गर्नसक्यौँ भने अर्को १० देखि १५ वर्षसम्ममा त्यो सकिन्छ । मेट्रो ज्यादै महँगो छ रे भन्ने सुन्ने गरेको छु । सस्तो के त रु सस्तो पनि त हुनुपर्छ । अबको १५ वर्षपछि काठमाडौं उपत्यकाभित्रको जनसंख्या ६० लाख पुग्छ । यसको विकल्प के त रु यही मोटरसाइकल ल्याउने रु तसर्थ, यो विकल्प किमार्थ हुन सक्दैन,” उनले भने, “यसको निमित्त हामीले मेट्रो नल्याईकन सुखै छैन । महँगो भयो भनेर वास्तै नगर्ने रु यो हुँदैन । कुनै पनि योजना बनाएर भए पनि मेट्रो ल्याउनैपर्छ । अन्तर्राष्ट्रिय अध्ययनानुसार पनि ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य छ । विलम्ब नगरी यो काम अघि बढाऔँ । यसको लागि नेपाल सरकारको अनुहार हेरेर बस्ने हो भने केही पनि हुँदैन । त्यसको लागि काठमाडौं र ललितपुर महानगरपालिकालगायत काठमाडौं उपत्यकाका १८ वटा पालिकाको राम्रो भुमिका खेल्नुपर्छ । त्यसमा काठमाडौं महानगरपालिका प्रमुख हो । यमसा अघि बढौँ ।”
मेयर महर्जनले आफ्नो दोस्रो कार्यकालमा अझै बढी काम गरेर देखाउने बताए । न्युज एजेन्सी नेपाल