लुखुम्बु । सोलुखुम्बुका एक जना युवकको दक्षिण कोरियामा सुतेकै ठाउँमा मृत्यु भएको छ । सोलु दूधकुण्ड नगरपालिका(३ तामाखानी घर भइ दक्षिण कोरियाको हव्साङसिमा कार्यरत २९ वर्षीय राम प्रकाश मगरको मङ्गलवार हिजो मृत्यु भएको हो ।
बेलुका राम्रैसँग सुतेका मगरको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । मगर केही दिनदेखि ब्लड प्रेसरका कारण सामान्य बिरामी रहेको परिवारले जनाएको छ । मगर झन्डै ५ वर्षअघि कोरिया पुगेका थिए ।