Hamro Sanchar

लोक सेवाका वैकल्पिक उम्मेदवारलाई काठमाडौं महानगरले जागिर दिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, २० गते


Advertisement

काठमाडौं । काठमाडौं महनागरपालिकाले लोक सेवा आयोगले लिएको परीक्षामा वैकल्पिक उम्मेदवारका रूपमा सिफारिस भएकाहरूलाई जागिर दिने भएको छ । काठमाडौं महानगरपालिकाद्वारा सम्पादन हुने पूर्वाधार सम्बन्धी कामका लागि यस्ता उम्मेदवारहरूलाई करारमा जागिर दिन लागिएको हो ।

महानगरले एक सूचना जारी गर्दै लोक सेवा आयोगको परीक्षामा वैकल्पिकमा सिफारिस भएकाहरूलाई सात दिनभित्र निवेदन दिन आग्रह गरेको छ ।
सिभिल इन्जिनियरदेखि स्टक्चर इन्जिनियरको परीक्षामा वैकल्पिकमा सिफारिस भएका उम्मेदवारहरूले मौका पाउनेछन् ।


प्रतिकृया दिनुहोस्