Hamro Sanchar

बाजुरामा ४० भन्दा बढी मत भेटिएपछि मतगणना रोकियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, १६ गते


Advertisement

कैलाली । बाजुरामा मतगणना रोकिएको छ । मत पेटीकामा मुचुल्का भन्दा बढी मत भेटिएपछि मत गणना रोकिएको हो । बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका भइरहदा मुचुल्का भन्दा ४० बढी मत पाइएको थियो ।

मुचुल्काको मत भन्दा बढी मत भेटिएपछि प्रतिनिधि सभा तर्फको मत गणना रोकिएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए । यहाँ एमालेका पूर्व मन्त्री कर्ण थापा र कांग्रेसका सह महामन्त्री बद्री पाण्डे चुनावी मैदानमा छन् । अहिले सम्म पाण्डेले १ हजार २६९ मतको अग्रता बनाइरहेका छन् ।

पाण्डेको ५ हजार ३९९ मत पाउँदा थापाले ४ हजार १३० मत ल्याएका छन् । मङ्सिर ४ गते धाँधली भएको आरोप पछि रोकिएको मत गणना निर्वाचन आयोगको निर्णय पछि हिजो साँझबाट सुरु भएको हो ।


प्रतिकृया दिनुहोस्