Hamro Sanchar

प्रचण्ड भन्छन् : राजनीतिमा देखापरेका आवेग र असन्तुष्टिलाई सम्बोधन गर्नुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, १३ गते


Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन र विकासबाट जनतामा भ्रम छर्ने प्रवृतिलाई परास्त गर्न सकिने बताएका छन् । गोरखा-काठमाडौं सम्पर्क मञ्चद्वारा मंगलबार बिहान ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले राजनीतिमा देखापरेका आवेग, असन्तुष्टि र निराशालाई सम्बोधन गर्ने ढंगले अघि बढ्ने बताएका छन् । त्यसका लागि गोरखाली जनताको विश्वासको बलमा अघि बढ्ने उनको भनाइ छ ।

राष्ट्रलाई एकता, समृद्धि र सुशासन तिर लैजाने उपयुक्त थलो गोरखा भएको भन्दै प्रचण्डले भने, ‘त्यहाँका जनताको भरोसा र विश्वासको बलमा मैले राष्ट्रिय एकता पनि कायम गर्नुपर्छ ।’उनले आउने ५ वर्षमा गोरखा जिल्लामा जनताले देख्ने, बुझ्ने र महशुस गर्ने गरी विकासलाई गति दिने आश्वासन समेत दिएका छन् ।


प्रतिकृया दिनुहोस्