रुपन्देही । रुपन्देही ३ मा नेपाली कांग्रेसका उम्मेदवार तथा गृहमबालकृष्ण खांणलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा भन्दा ४ सय ७३ मतले पछाडि परेका छन् ।
बोहराले २७ हजार ६३१ मत पाएर अग्रता लिंदा सत्ता गठबन्धनका उम्मेदवार खाँणले २७ हजार १५८ मत पाएका छन् । करिब १८ हजार मत गन्न बाँकी हुँदा खाँण ४७३ मतले पछि परेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर तेलीले चार हजार ८८६ मतसहित तेस्रो स्थानमा छन् भने नागरिक उन्मुक्ति पार्टीका तुल्सीप्रसाद थारु ३२६९ मत पाएका छन् । हाम्रो नेपाली पार्टीका प्रअयात बन्जाडेले एक हजार २ सय ११ मत पाएका छन् ।