गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट विजयी भएका भएका छन् । बिष्टले नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई हराउँदै लगातार तेस्रो पटक सांसद भएका छन् । बिष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४२ मत पाइन् ।
बिष्टले २०३४ मतको अग्रतासहित जित हात पारेका हुन् । निर्वाचन आयोगले आधिकारिक घोषणा भने गर्न बाँकी छ । बिष्टले २७० र २०७४ को चुनाव पनि जितेका थिए । यो जितसँग उनले संसदीय चुनावमा ह्याट्रिक पूरा गरेका छन् ।
झाँक्रीले हार स्वीकार गर्दै निर्वाचन आफ्ना लाथि लागि अत्यन्तै रोमाञ्चक रहेको बताएकी छन् । उनले मतदातालाई धन्यवाद दिंदै निर्वाचनमा विजयी भएका बिष्टलाई बधाई पनि दिएकी छन् ।