हेटौँडा । नेपाली कांग्रेस वागमती प्रदेश सभापति एवं मकवानपुर २ प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार इन्द्रबहादुर बानियाँको गाडी तोडफोड भएको छ । मनहरीबाट हेटौँडा आउने क्रममा बानियाँ चढेको गाडी हेटौंडा-१९ दालिमटारमा तोडफोड गरिएको हो ।
ढुंगाले लागेर गाडीको अगाडीको सिसा फुटेको बताइएको छ । लुकेर ढुंगा प्रहार भएको बताइएको छ । विप्लव नेतृत्वको नेकपाले सांकेतिक कारबाही गरेको भन्दै विज्ञप्ति निकालेर घटनाको जिम्मा लिएको छ । विज्ञप्तिमा बानियाँमाथि ‘भ्रष्ट, राजनीतिक दलाल, ठेकेदार’ लगायतका विभिन्न आरोप लगाइएको छ ।