Hamro Sanchar

रवीन्द्र मिश्र भन्छन् : गणेशमानको उत्तराधिकारी म हुँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ कात्तिक, २५ गते


Advertisement

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रले कांग्रेस नेता गणेशमान सिंहको राजनीतिको उत्तराधिकारी आफू भएको दावी गरेका छन् । शुक्रबार राप्रपाले काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले यस्तो दावी गरेका हुन् ।

उनले भने ‘गणेशमान सिंहको सुपुत्र प्रकाशमानजी आज मेरो निर्वाचन क्षेत्रमा १५ वर्ष सांसद भएपछि प्रतिस्पर्धी बन्नुभएको छ । मलाई यहाँ उभिएर यो दावी गर्न अप्ठेरो छैन, गणेशमान सिंहका सुपुत्र प्रकाशमानजी रगतले उहाँको उत्तराधिकारी हुनुहुन्छ, तर राजनीतिक रुपमा यो देशको लागि यो देशलाई शिरमा राखेर राजनीति गर्ने गणेशमानको दृढता, प्रतिवद्धता र त्यागका साथै देश अघि बढाउने परिकल्पना गर्नुभयो गणेशमानजीको हिसाबले राजनीतिको उत्तराधिकारीचाँही म हुँ’, ।


प्रतिकृया दिनुहोस्