काठमाडौं । काठमाडौं महानगरपालिकाले खुल्ला ठाउँमा आगो बाल्न निषेध गरेको छ । महानगरपालिकाले शुक्रबार एक सूचना जारी गरी खुल्ला रुपमा आगो बाल्ने तथा फोहोर गर्ने कार्यलाई प्रतिबन्ध गरेको जानकारी दिएको हो ।
खुल्ला रुपमा आगो बाल्दा वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकूल असर गर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको महानगरपालिकाले सूचनामा उल्लेख गरेको छ ।
सूचनामा कहीँ कतै कसैले आगो बालेमा वा फोहोर गरेमा काठमाडौं महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन-२०७७ बमोजिम कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।