Hamro Sanchar

बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीले गरे सम्बन्ध विच्छेद

प्रकाशित : २०७९ कात्तिक, २४ गते


Advertisement

काठमाडाैं, कात्तिक २४- लोक गायिका बबिता बानियाँ ‘जेरी’ र गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका छन् । उनीहरूले बिहीबार काठमाडौं जिल्ला पुगेर सम्बन्ध विच्छेद गरेका हुन् । आफूहरूले सहमतिमै सम्बन्ध विच्छेद गरेको गायक क्षेत्रीले बताए ।

उनीहरूबीच बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको छ ।

सम्बन्ध विच्छेद गरेपछि बबिता बानियाँ ‘जेरी’ले मिडियासँग कुराकानी गर्दै पैसाको कुरामा मतभेद भएको बताएकी छन् ।

जेरी र शंकरले २०७६ माघ १ गते विवाह गरेका थिए ।


प्रतिकृया दिनुहोस्