काठमाडौं, कात्तिक १- गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार नेपाली कांग्रेस नेता दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन् ।
उनले सोमबार आफ्नो उम्मेदवारी निष्क्रिय भएको पत्रकार सम्मेलन गरी बताए ।
गुल्मीको क्षेत्र नम्बर २ मा सत्तारूढ गठबन्धनको भागबन्डाअनुसार नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ ।
यहाँ एकीकृत समाजवादीका सचिव रामकुमारी झाक्री सत्तारूढ गठबन्धनको साझा उम्मेदवार छिन् ।
झाक्रीविरुद्ध उम्मेदवारी दिएका भुसालले नेताहरूको आग्रह, राष्ट्रिय समीकरण र कार्यकर्ताको शुभेच्छाले उम्मेदवारी निष्क्रिय बनाएको बताए ।
पार्टीको निर्देशनानुसार सत्तारूढ गठबन्धनको साझा उम्मेदवार झाक्रीलाई समर्थन तथा सहयोग गर्ने पनि उनले बताए ।
उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्न गरिएको पत्रकार सम्मेलनमा सत्तारूढ गठबन्धनका साझा उम्मेदवार झाक्री र कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले भुसालको उम्मेदवारी निष्क्रियले सत्तारूढ गठबन्धनका सबै उम्मेदवार विजय हुने विश्वास व्यक्त गरेका थिए ।