Hamro Sanchar

एनआरएनए कुवेतको उपाध्यक्षमा होमनाथ गिरी चयन, कार्यसमितिले पायो पूर्णता

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असोज, २९ गते


काठमाडौं, असोज २९- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती कुवेतको उपाध्यक्ष होमनाथ गिरी चयन भएका छन् । शुक्रबार बसेको कार्यसमितिको बैठकले गिरीलाई सर्वसम्मत उपाध्यक्षमा चयन गरेको हो ।

यसअघि उपाध्यक्षमा चुनिएका उमेश पुडासैनी शेष घले समुहको एनआरएनएमा गएपछि उपाध्यक्ष पद खाली रहेको थियो ।

समाजसेवीको रुपमा चिनिएका गिरी एनआरएनए कुवेतको उपाध्यक्षमा चुनिएपछि संस्थाको काम कारबाही थप सहज रुपमा अघि बढ्ने विश्वास गरिएको छ ।

यसअघि २०१९-२०२१ को कार्यकालमा पनि उपाध्यक्ष रहेका गिरी छुट्टीमा नेपाल आएको समयमा लकडाउनको कारणले अधिबेशनमा उपस्थित हुन सकेका थिएनन् । उक्त समयमा पनि श्रमिकका समस्याका बिषयमा खरो रुपमा उत्रने, क्युआरकोड, स्वास्थ्य सामग्री तथा खाद्यान्न वितरण गर्ने कार्यमा अग्रसर हुँदै आएका थिए ।

उपाध्यक्ष चयन भएसँगै हाम्रोसंचारसँग कुरा गर्दै गिरीले अबका दिनमा झन् शसक्त ढंगले श्रमिकक हक, हित र अधिकारका निम्ति लागि पर्ने बताए ।

यस्तै बैठकले कार्यसमिति सदस्यमा मदन पनेरुलाई चयन गरेको छ । योसँगै कार्यसमितिले पूर्णता पाएको एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामाले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्