Hamro Sanchar

जय नेपाल हल परिसरमा डोजर चलाउँदा भेटियो गायव पारिएको टुकुचा खोला

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, ३० गते


Advertisement

काठमाडौं, भदौ ३०- काठमाडौं महानगरपालिकाले जय नेपाल हलको कम्पाउन्डभित्रै उत्खनन गरेर टुकुचा खोला निकालेको छ । महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको हो ।

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब थियो । यसअघि देखि नै स्थानीयहरुले खोला अतिक्रमण गरेर संरचनाहरु निर्माण भएको भन्दै उत्खननको माग गर्दै आएपछि सम्बन्धित निकायले कुनै चासो दिएको थिएन । महानगरले साउन १२ मा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो ।

३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले गायब भएको र अतिक्रमण भएको क्षेत्रमा उत्खनन तथा खोजी कार्य थालेको हो ।

महानगरको मध्य भागबाट बग्ने यो खोला अन्य क्षेत्रमा पनि मिचेर गायव पारिएको छ ।


प्रतिकृया दिनुहोस्