काठमाडौं, भदौ २७- पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न गृहमन्त्री गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा खुमलटार पुगेका छन् ।
दुई मन्त्रीले भेटेर अध्यक्ष प्रचण्डसँग समसामयिक विषयमा कुराकानी गरेको बताइएको छ । भेटमा मंसिर ४ गतेका लागि निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रक्रियामा रहेका विभिन्न विधेयकका विषयमा कुराकानी भएको गृहमन्तालय स्रोतले जनाएको छ ।
प्रतिनिधिसभाको कार्यकाल सकिन अब केही दिन मात्रै बाँकी छ ।