काठमाडौं, भदौ १३- अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाको टोली सोमबार न्यूरोडको विशाल बजार पुगेको छ । महानगरको टोलीले विशाल बजारलाई नक्सासहित वडा कार्यालयमा उपस्थित हुन २४ घन्टे अल्टिमेटम दिएको छ ।
नक्सापास नै नगरी पार्किङ र अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु भत्काउने अभियानलाई महानगरले निरन्तरता दिएको छ ।
महानगरले आज न्यूरोड र बसन्तपुर क्षेत्रमा रहेका भवनहरुको बेसमेन्ट खाली गराइरहेको छ ।
आजै महानगरले सुरज आर्केडलाई बेसमेन्ट खाली गराउन २४ घन्टे अल्टिमेटम दिएको छ ।