Hamro Sanchar

मेयर बालेनको प्रस्ताव : ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स, नगर प्रहरीलाई ५ सय भत्ता

प्रकाशित : २०७९ भदौ, १२ गते


काठमाडौं, भदौ १२- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका छन् ।

आइतबारको नगर कार्यपालिका बैठकमा मेयर साहले सबै वडामा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव अघि सारेका हुन् ।

त्यस्तै फुटपाथ व्यवस्थापनमा खटिएका नगर प्रहरीलाई ५ सय भत्ता दिने निर्णय गरेको छ । महानगरले हाजिर भएको दिन र काममा खटिएको दिन पाँच सय भत्ता उपलब्ध गराउने भएको हो ।

सडक फुटपाथमा नगर प्रहरी खटाएबापत यसअघि महानगरले ३ सय भत्ता उपलब्ध गराउँदै आएको थियो । महानगरले काठमाडौंका ३२ वटै वडामा चिकित्सक राख्ने भएको छ ।


प्रतिकृया दिनुहोस्