काठमाडौं, भदौ ९- नयाँ बानेश्वरस्थित अल्फाबिटाले अनधिकृतरुपमा बनाएको संरचना काठमाडौं महानगरपालिकाले भत्काएको छ । नक्साविपरित संरचना बनाएको भन्दै महानगरपालिकाका मेयर बालेन्द्र साहको नेतृत्वको संरचना भत्काएको हो ।
अल्फाबिटाले अनधिकृतरुपमा फार्मेसी सञ्चलान गर्दै आएको थियो । ३५ दिने सूचना टाँस गर्दा पनि संरचना हटाउन नमानेपछि बालेन्द्र दलबलसहित बिहीबार अल्फाबिटा पुगेका थिए । त्यहाँ पुग्दा सञ्चालकले नक्सा देखाउन आग्रह गरेका थिए ।
मेयर बालेन्द्रले नक्सा मसँग हुन्छ कि तपाइँसँग हुन्छ भन्दै सञ्चालकलाई प्रतिप्रश्न गरेका थिए । त्यसको केहीबेरमै नक्सा र डोजरसहित बालेन्द्र अल्फाबिटा पुगेका थिए । महानगरको निर्देशनमा पार्किङको लागि बनाइएको भुइँतल्ला खालीसमेत गरिने भएको छ ।