Hamro Sanchar

ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हतकडीसहित फरार

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, ८ गते


Advertisement

काठमाडौं, भदौ ९- ललितपुरको नख्खु कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदी फरार भएका छन् ।

बुधबार अपरान्ह ४ बजेपछि उपचारको लागि महाराजगन्जस्थित टिचिङ अस्पातल लगिएका कैदी फरार भएको नख्खुका जेलर सुवासकुमार बुढाथोकीले जानकारी दिए । फरार हुनेमा रामेछापका भोला बुढाथोकी छन् ।

उनी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन् । उनलाई अदालतले २० वर्ष जेल सजाय सुनाएको थियो । २०७२ सालदेखि कैद भुक्तान गरिरहेका थिए ।

उनको आँखामा समस्या देखिएपछि महाराजगन्ज लगिएको थियो ।

‘झुसेली कीरा परेर आँखामा समस्या देखिएपछि उपचारको काम हुँदै थियो । फलोअपको लागि आज अस्पताल लग्दा भागे,’ उनले भने ।

उनको एक हातमा हतकडीसहित भागेका थिए । उपचारको लागि कैदीबन्दीको एउटा हतकडी खोल्ने गरिन्छ ।

उनको आधा कैद भुक्तान हुनेबेला भइसकेको थियो । प्रहरीले उनको खोजी गर्न थालेको छ ।


प्रतिकृया दिनुहोस्