काठमाडौं, भदौ ८- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विद्येयकलाई लिएर एमालेले गलत प्रचार गरिरहेको आरोप लगाएका छन् ।
बुधबार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दैै अध्यक्ष प्रचण्डले एमालेले चुनावमा भोट बटुल्नका लागि नागरिकता विद्येयप्रति भ्रमपूर्ण प्रचार गरिरहेको बताएका हुन् ।
‘एमालेले प्रचार गरेजस्तो नागरिकता विधेयक राष्ट्रघाती होइन । आमाबुवा दुवै नेपाली भएका नागरिकका सन्तानले नागरिकता पाउने कुरा मात्रै हो,’ उनले भने ।
अध्यक्ष प्रचण्डले आमा र बुबा दुवै नागरिक भइसकेको अवस्थामा पनि नागरिकता नपाउने अवस्थामा सबै प्रकारका सुविधानबाट बञ्चित हुने भएकोले त्यसको अन्त्य गर्न यो विद्येयक ल्याएको स्पष्ट पारे ।
‘उनीहरु आमा–बुबा दुवै नेपाली भइसके पनि उनीहरू सबै अवसरबाट बञ्चित भए । त्यो स्थितिको अन्त्य गर्ने उदेश्यले विद्येयक आएको हो । त्यसकारण यसलाई राष्ट्रघाती भन्नु एमालेकाे पाखण्डबाहेक केही हुँदैन,’ अध्यक्ष प्रचण्डले भने ।
उनले थप भने, ‘केपी ओली प्रधानमन्त्री हुँदा अध्यायदेशका रुपमा यही विधेयक लिइएको थियो । जसले यही विधेयक अध्यादेशका रुपमा लिएका थिए । तिनिहरूले राष्ट्रघाती भन्दा बेइमानी र अनैतिकताबाहेक अरु केही हुनै सक्दैन ।
उनले अब नेपालको जनता बुद्धिमानी भइसकेको बताउदै अब भ्रम दिन सकिन्छ भनेर नसोच्न एमालेलाई चेतावनीसमेत दिएका छन् ।
‘राष्ट्रवादको मुकुन्डो लगाएर भोट बटुल्न सकिन्छ भन्न ठान्ने दुस्साहस जुन भएको छ । मलाई लाग्छ नेपाली जनता सचेत भएका छन्, यस्तो पाखण्डी प्रचारबाट कोही भ्रममा पर्दैनन्,’ प्रचण्डले भने ।