Hamro Sanchar

विप्लवको नेपाल बन्द : बस फुटाउन खोज्ने कार्यकर्ता कुटिए, ८ जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, ७ गते


Advertisement

काभ्रे, भदौ ७- काभ्रेको बनेपामा सडक बन्द गराउन हिँडेका एकजना युवकलाई स्थानीयले कुटपिट गरेका छन् । बनेपा नगरपालिका स्थित चार दोबाटो चोकमा बसको सिसा फुटाउन खोज्ने कालिकोट घर भएका २४ वर्षीय पल राउतलाई स्थानीयले कुटपिट गरेका हुन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको आह्वान गरेको छ । बन्द गराउन चारदोबाटोमा भेला भएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिँदै थियो । प्रहरीको घेरा तोडेर अघि बढेका पल राउतले बा ३ ख २२६ नम्बरको बस तोडफोड गर्न थालेपछि बसका स्टाफ र स्थानिय मिलेर उनलाई आक्रमण गरेका हुन् ।

बनेपाबाट सवारी साधन बन्द गराउन खोज्ने राउत सहित ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बनेपाले जनाएको छ । पक्राउ पर्नेमा कालिकोट घर भएका १९ वर्षीय मनिष विक उर्फ प्रशान्त, कालिकोटको नरहरिनाथ गाउँपालिका घर भएका १९ वर्षीया वसन्ती बिक र कालिकोटको राजकोटा गापा–९ घर भएका २७ वर्षीय जयराज लोर लगायत छन् ।


प्रतिकृया दिनुहोस्